काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । शेल्डन ज्याक्सनले २० रन र आरिफ शेखले २० रन जोडे । मुख्तर अहमद १० रन बनाएर आउट भए ।
बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए ।
त्यस्तै, सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस