विराटनगर । यतिबेला सुन्तलाको सिजन सुरु भएसँगै विराटनगरका बजार क्षेत्रहरूमा मौसमी फलफूलको किनबेच बढेको छ । सडकछेउ, चोक तथा बजार क्षेत्रहरूमा व्यवसायी र सर्वसाधारणहरू सुन्तला किन्ने–बेच्ने चटारोमा व्यस्त देखिन्छन् ।
टोकरी, डालो, साइकल तथा क्यारेटमा राखिएका सुन्तलाले बजारलाई रौनक दिएको छ । चिसो मौसमसँगै स्वास्थ्यका लागि लाभदायी मानिने सुन्तलाको माग बढेपछि यसको व्यापारसमेत फस्टाएको व्यवसायीहरू बताउँछन् ।

व्यवसायीका अनुसार विराटनगरमा बिक्री हुने अधिकांश सुन्तला पहाडी जिल्ला तेह्रथुम, भोजपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा लगायतका क्षेत्रबाट ल्याइने गरिएको छ । स्थानीय बजारमा मौसमी फलफूलको उपलब्धता बढ्दा उपभोक्ताहरूलाई ताजा फलफूल सहज रूपमा पाउन थालेका छन् ।
सुन्तलाको व्यापारले यस सिजनमा व्यवसायीहरूलाई आम्दानीको राम्रो अवसरसमेत प्रदान गरेको छ ।







प्रतिक्रिया दिनुहोस