२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज एकैदिन पाँच हजार ५०० ले बढ्यो

मंगलवार , पौष ८, २०८२

काठमाडौं । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो ।

अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट