२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी, दुई जना पक्राउ

मंगलवार , पौष ८, २०८२

काठमाडौँ । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।

अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु आठ लाख ४० हजार लिएका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइए छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ