२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबी बैंकलाई 'डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५' प्रदान

मंगलवार , पौष ८, २०८२

काठमाडाैं । एनएमबी बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ।

यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन। एनएमबी बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

यस उपलब्धिले एनएमबी बैंकको डिजिटल प्रवर्धन र ग्राहक केन्द्रित सेवालाई प्रतिबिम्बित गर्दछ।

एनएमबी बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ