काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्दै पुनः नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । आज सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस