२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चेम्बर हीरक जयन्तीका अवसरमा कर्पोरेट गल्फ सम्पन्न

शनिवार , पौष १२, २०८२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हीरक जयन्तीको अवसरमा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।

शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर हीरक जयन्ती मुुल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले सम्मान सहित प्रमाण पत्र प्रदान गरे ।

उक्त प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार तिवरण गरिएको थियो । सो अवसरमा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बर यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताए । उनले भने, ‘सात दशक भन्दा बढी समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,।’

उपाध्यक्ष शर्माले नेपालको खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको बताए ।

ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजना गरिएको गल्फ प्रतियोगिताले केबल खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने शर्माले बताए ।

स्थापनाको ७५ औं बर्षगाँठ तथा ऐतिहासिक हिरक जयन्ती चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरि भव्यताका साथ मनाईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट