२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवा -Sample collection को लागि शर्तहरुमा रहि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगरस्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ