२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश, देशभरी विविध कार्यक्रमहरु सम्पन्न

सोमवार , पौष २१, २०८२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड उन्नाइसौं वर्ष पुरा गरी बीसौं वर्षमा प्रवेश गरेको शुभअवसरमा मिति २०८२ पौष १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा “सन २०५० मा मेरो नेपाल” शिर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच राष्ट्र व्यापी चित्रकला प्रतियोगिता Art Competition 2.0 सम्पन्न भएको छ । उक्त प्रतियोगितमा देशभरका कुल ७९१ विद्यार्थीहरु सहभागी भएका थिए ।

सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाडौबाट रिया खड्काले प्रथम स्थान हासिल गरी प्रथम पुरस्कार रु. ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।

उपरोक्त प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरु जस्तै सेवा आश्रमलाई न्यानो सिरक, डस्नाको सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबीन वितरण, हुम्ला जिल्लाको अदानचुली गाँउपालकिाको दुर्गम गाँउका का गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जिविका आर्जनका लागि सिलाई मेसिनहरु वितरण, ई–नेबल नेपाल मार्फत बालबालिकाहरुलाई कृतम हातहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष खिम प्रकाश मल्लले गरे भने बंैकका नायाब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बर्जाचार्यले स्वागत मन्तब्य, बैंकको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले राखेका थिए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४७ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेज बहादुर गिरीले गरेकबा थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ