२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

बिहिवार , पौष २४, २०८२

काठमाडौं । एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको हो । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ