२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंकको “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस्, खल्ती मार्फत पुरस्कार जित्नुहोस्” अभियान सञ्चालन

मंगलवार , माघ ६, २०८२

काठमाडौं । खल्ती वाई आइएमइको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस् – खल्ती मार्फत पुरस्कार जित्नुहोस्” अभियान सञ्चालनमा ल्याएकोे छ ।

सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिन्क गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकेट वा खल्ती प्रो को सदस्यता र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

सो अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भई केवाईसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिन्क हुनुपर्ने तथा लिन्क गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१–५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ