२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी महिला टी–२० विश्वकप छनोटः स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

सोमवार , माघ १२, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ।

कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन्। यस खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्यायलाई प्लेइङ–११ मा समावेश गरिएको छ।

सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ।

नेपालको प्लेइङ–११

इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ