२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विनोद चौधरीले थाले ‘जनतासँग संकल्पपत्र’ अभियान, मतदातासँग मागे योजना र सुझाव

शुक्रवार , माघ १६, २०८२

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले परम्परागत रूपमा बन्द कोठामा बसेर घोषणापत्र बनाउने अभ्यासको साटो आम मतदाताबाट प्रत्यक्ष रूपमा समस्या, योजना र सुझाव संकलन गर्न यो अभियान अघि बढाएका हुन् ।

यस उद्देश्यका लागि उनले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै स्थानीय विकास, शिक्षा, रोजगारी, पूर्वाधारलगायत विषयमा जनताको धारणा र माग पठाउन आग्रह गरेका छन् । सबैले केही समय निकालेर फारम भरी आफ्नो आवाज सुनाउन उनले अपिल गरेका छन् ।

चौधरीका अनुसार यो पहलले राजनीतिमा जनताको भूमिकालाई मतदानसम्म सीमित नराखी नीति निर्माणको तहसम्म पुर्‍याउनेछ ।

नेपालका प्रतिष्ठित उद्यमीसमेत रहेका चौधरीले लेखेका छन्, “कुनै पनि ठूलो योजना सफल बनाउन सही व्यवस्थापन र सबैको सहकार्य आवश्यक हुन्छ । त्यसैले चुनावी संकल्पपत्र बन्द कोठामा होइन, तपाईंहरूसँगै बसेर लेख्न चाहन्छु । बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म, गण्डक नहरदेखि दाउन्नेको फेदीसम्म, किसानको खेतदेखि बजारसम्म, गुणस्तरीय शिक्षादेखि युवा रोजगारीसम्म—तपाईंहरूको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ ।”

उनले नवलपरासीको विकासका लागि दलको मात्र होइन, सबै नागरिकको सहभागितामा ‘साझा संकल्पपत्र’ तयार गरिने उल्लेख गरेका छन् । भोटले सरकार बनाउने भए पनि समाज निर्माणका लागि नागरिकको सुझाव अपरिहार्य हुने चौधरीको भनाइ छ ।

गाउँ र टोलका वास्तविक समस्या त्यहीँका बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासका योजनामा सबैको सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट