२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

झापा–५ मा कुनै जोखिम छैन, हामी सुरक्षित छौँ : एमाले

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको बताएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

झापामा सामाजिक सञ्जालको हल्लाले केही प्रभाव परेपनि मतदाताको कुरामा एमाले सुरक्षित रहेको महासचिव पोखरेलले बताए ।

झापा–५ मा कुनै प्रकारको जोखिम नभएको एमालेले विश्लेषण गरेको छ । झापाका जनताले पपुलिजम र एनार्किजममा परेर नतिजा नै तलमाथि गर्छन् भन्ने मान्यता पार्टीको नरहेको उनले बताए ।

झापा–५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह चुनाव लड्दै छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट