२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन : महासचिव पोखरेल

शुक्रवार , माघ १६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताएका छन् ।

आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा महासचिव पोखरेलले नेपाली समाजको चरित्र कुनै पुस्ताका नाममा विभाजन नभई मिलनसारिता तथा संवाद भएकाले त्यसलाई बुझेर मतदातालाई विकास र समृद्धिमा जोड्न सक्नुपर्ने बताए ।

महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा नीतिगत बहसका रूपमा लिनुपर्ने र नीतिका आधारमा एमाले पहिलो नम्बरमा आउने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट