२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कम्युनिष्ट एकताबाट आफुहरु नभइ प्रचण्ड भागिरहेको विप्लवको आरोप

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफुहरु नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्ड लगाएतका केहि नेताहरुले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी बिचारलाई भत्काएर एउटा सिट जित्नका लागि बिरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।

प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले बिचलनकारीहरुले एकताको अपील गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपील गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफुहरु सहभागी नहुने उनले स्पष्ट पारे ।

उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी) मा समाहित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट