काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रीत भएको बताएका छन् ।
शुक्रबार धनुषामा आयोजित कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र केहि समस्या देखिएपछि अहिले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रीत भएको बताएका हुन् । उनले आफु निवर्तमान सभापति शेर बहादुर देउवा लगाएतका नेताहरुसँग निरन्तर संवादमा रहेको उल्लेख गरे ।
निर्वाचनका बेला पुराना कुरालाई दिएर अल्झिने छुट कसैलाई नरहेको उनको भनाइ छ । उनले अहिले पार्टीभित्र कुनै गुट नरहेको बताए । त्यस्तै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक छिटै बस्ने र अनुशासन समिति गठन गरिने जानकारी दिए । उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारहरुलाई असहयोग गरेको उजुरी आएर प्रमाणित भए जोसुकैलाई कारवाही गर्ने स्पष्ट पारे ।
उनले पुरानादेखि जेनजी सबैको भावनालाई आत्मसाथ गर्ने पार्टी कांग्रेसमात्रै भएको बताए । मधेशलाई कांग्रेसले कहिल्यै उपेक्षा नगरेको भन्दै थापाले मधेशका जनताले कांग्रेसलाई विश्वास गर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस