२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपा संघीयताविरोधी भएको आरोप, मधेशबाट हराउनुपर्ने सिके राउतको भनाइ

शनिवार , माघ १७, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयताविरोधी पार्टीको रूपमा टिप्पणी गर्दै मधेशबाट यस्ता शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले निर्वाचनको मुखमा कुनै एक नेताले दिएको अभिव्यक्तिले होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलले पारित गरेका नीतिले पार्टीको चरित्र निर्धारण गर्ने बताए।

उनले रास्वपाले संघीयता खारेज गर्ने एजेन्डालाई निरन्तर अघि बढाउँदै आएको दाबी गर्दै पार्टीका बैठकबाटै यस्तो निर्णय भएको उल्लेख गरे। संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्दै अगाडि बढ्नु नै मधेशी शहीदप्रति सच्चा सम्मान हुने उनको भनाइ छ।

यसअघि सत्ता गठबन्धनमा रहँदा पनि राउतले रास्वपाका सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै सहानुभूति व्यक्त गरेका थिए। तर पछिल्ला दिनमा जनकपुरधाममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिपछि राउतले रास्वपाका नीति र नेताहरूको अभिव्यक्तिप्रति निरन्तर आलोचना गरिरहेका छन्।

सिके राउत सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट