२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन हुन्छः सभापति थापा

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरिने बताएका छन्।

काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा उनले आगामी निर्वाचनमा कांग्रेसले ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गरी वडास्तरबाटै उम्मेदवार चयन गर्ने स्पष्ट पारे। यससँगै उम्मेदवार बन्नका लागि पार्टीका शीर्ष नेताको घर धाउनुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ।

‘अब उम्मेदवारको टिकटका लागि कसैले पनि पार्टी सभापति वा महामन्त्रीको घर धाउनु पर्दैन,’ थापाले भने, ‘उम्मेदवार चयन प्रक्रिया पारदर्शी र तल्लो तहबाट सुरु हुन्छ।’

सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा अन्त्य भइसकेको दाबी पनि गरे। ‘अब पार्टीभित्र कुनै गुट छैन, न त भागबण्डाको राजनीति नै बाँकी छ,’ उनले भने, ‘कांग्रेस पार्टीभित्र र बाहिर दुवै ठाउँमा समान व्यवहारका आधारमा अघि बढ्छ।’

पार्टीभित्र नागरिक र सदस्यलाई सशक्त बनाउने अभियान सुरु भएको उल्लेख गर्दै उनले नेतृत्वको अपारदर्शी अभ्यास समाप्त भएको जिकिर गरे। कांग्रेस अब बन्द कोठाको राजनीति होइन, खुला र विधिसम्मत प्रक्रियाबाट चल्ने पार्टी भएको थापाको भनाइ छ।

उनले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै संगठनलाई थप लोकतान्त्रिक र उत्तरदायी बनाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट