२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चार माध्यमले योगदान गर्नुपर्छ : उपराष्ट्रपति यादव

शनिवार , माघ १७, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बताएका छन् । सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार भएकाले यसका लागि सञ्चारमाध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका हुन् ।

निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरणमा निर्माण, शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमको योगदान महत्वपूर्ण हुने उनको भनाइ छ ।

उनले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढ़तापूर्वक निर्वाह गर्न आह्वान समेत गरे ।

पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत शर्त भएको उल्लेख गर्र्दै उपराष्ट्रपति यादवले कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य भएको धारणा राखे ।

उनले तथ्यपरकता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्नु सञ्चारमाध्यमको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट