२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महिला टी-२० विश्वकप छनोट प्रतियोगिता सम्पन्न, बङ्गलादेशले जित्याे ट्रफी

आइतवार , माघ १८, २०८२

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो । यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुङ्गो लागेको छ । चार टोलीमा बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेको छन् ।

आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।

छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो ।

नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए ।

बङ्गलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन् ।

प्रतियोगिताका चारवटै खेल जितेर १० अङ्क हासिल गरेको बङ्गलादेशले ट्रफी प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ