२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकको सिईओबाट शेरचनले दिए राजीनामा, सुमन शर्मा नियुक्त

मंगलवार , माघ २०, २०८२

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएका छन् ।

बैंकिङ कसुरको अभियोगमा पक्राउ परेपछि निलम्बनमा परेका शेरचनलाई प्रमाण नपुगेको भन्दै हाजिर जमानीमा रिहा गरेपछि सञ्चालक समितिले निलम्बन फुकुवा गरेको थियो ।

निलम्बन फुकुवा भएसँगै उनले सीईओ पदबाट राजीनामा दिएका हुन् । तीन दशक बैंकिङ क्षेत्रमा सक्रिय शेरचन प्रभु बैंकका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाको नेतृत्व गरेका अनुभवी बैंकर हुन् ।

शेरचनको राजीनामा पछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ