logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सम्बन्ध विच्छेद घोषणा गरेको भोलिपल्ट एकसाथ देखिए अमिर र किरण भने ‘हामी निकै खुसी छौं’

    सम्बन्ध विच्छेद घोषणा गरेको भोलिपल्ट एकसाथ देखिए अमिर र किरण भने ‘हामी निकै खुसी छौं’

    3.3K
    Shares

    बलिउड अभिनेता अमिर खान र किरण राव सम्बन्ध विच्छेदको घोषणा गरेको भोलिपल्ट एकसाथ देखिएका छन् । पानी फाउण्डेशनको साप्ताहिक अनलाइन कार्यक्रममा सहभागी हुँदै दुई जनाले आफूहरु निकै खुसी भएको बताएका छन् । 

    अमिर खानले भने, ‘तपाईहरुले हाम्रो घोषणा सुनिसक्नुभयो होला । तपाईहरुलाई दुख पनि लाग्यो होला । राम्रो लागेन होला । तर हामी दुई जना निकै खुसी छौं । परिवार एक नै छ । हाम्रो सम्बन्धमा परिवर्तन आएको छ तर हामी सँगै नै छौं । हाम्रो लागि तपाई कामना गर्नुहोस् हामी खुसी रहौं ।’

    किरण रावले पनि भनिन्, ‘हामी सधैं एकसाथ काम गर्ने तपाइलाई आश्वासन दिन चाहान्छौं ।’

    Amir-kiran.jpg

    पानी फाउन्डेशन कोरोना लकडाउनको बेलादेखि निकै चर्चामा रहेको कार्यक्रम आयोजना गरिरहेको छ । यो कार्यक्रममा अमिर खान र किरण राव सामिल हुँदै आएका छन् । 

    दुई जनाले शनिबार संयुक्त वक्तब्य जारी गर्दै १५ वर्षको वैवाहिक जीवन टुङ्ग्याउने घोषणा गरेका थिए । 

    सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरु सहमतिमै छुटिएका हुन्। अमिर र किरणको भेट चलचित्र ‘लगान’को सेटमा भएको थियो । किरण लगानको असिस्टेन्ट डाइरेक्टर थिइन् । 

    अब दुवैले नयाँ जिन्दगी जिउने बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend