logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • गरिमा र दुर्गेशकाे टिकटकमा ‘रजतपट’काे रिपाेर्ट बनेपछि…

    गरिमा र दुर्गेशकाे टिकटकमा ‘रजतपट’काे रिपाेर्ट बनेपछि…

    4.2K
    Shares

    मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम ‘रजतपट’विरुद्ध कानुनी प्रक्रियामा जाने जानकारी दिएकी छन् । आफ्नाबारेमा भ्रामक रिपोर्ट प्रशारण गरेर चरित्रहत्या गरेको भन्दै गरिमाले कानुनी प्रक्रियामा जाने बताएकी हुन् ।

    बिहीबार ‘रजतपट’मा गरिमा र मोडल तथा गायक दुर्गेश थापाबारे एउटा रिपोर्ट प्रशारण भएको थियो । जसमा गरिमा दुर्गेशको प्रेममा रहेको र अहिले उनीहरूको ब्रेकअप भएको बताइएको छ । रिपोर्ट प्रशारणपछि विवाहित दुर्गेशको प्रेममा गरेको भन्दै गरिमाको आलोचना भइरहेको छ ।

    उक्त रिपोर्ट प्रशारण भएलगत्तै गरिमा टिकटक लाइभमा आएर उनले रुँदै रजतपटले आफ्नो चरित्रहत्या गरेको गुनासो पोखेकी थिइन् ।

    शुक्रबार बिहान गरिमाले सामाजिक सञ्जालमा एक स्टाटस लेखेर आफू रजतपटविरुद्ध कानुनी प्रक्रियामा जाने जानकारी उनले दिएकी छिन् । उनले लेखेकी छिन् – नेपाली कलाक्षेत्र र कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामग्री प्रसारण गरी कलाकारलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना गर्छु ।

    गरिमाले रिपोर्ट प्रशारण गर्नुपूर्व नै आफूलाई प्रस्तोता सुवेदीले फोन गरेको र के भएको थियो भन्ने प्रष्ट पार्दा पनि नियतपूर्ण तरिकाले उक्त रिपोर्ट प्रशारण गरिएको भनी गरिमाले दुःख व्यक्त गरेकी छिन् । उनले अगाडि लेखेकी छन् – यसरी बदनियतपूर्ण समाचार प्रशारित गर्नुले ममाथि गम्भीर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न बाध्य भएको बेहोरा जानकारी गराउन चाहन्छु ।

    यसरी बनेकाे थियाे रजतपटमा रिपाेर्ट : 

    केही दिनयता सामाजिक संजाल टिकटकको एक भिडियो भाइरल छ । यो भिडियोमा गायक दुर्गेस थापा र मोडल गरिमा शर्माबीचको संवाद सुन्न सकिन्छ । संवादमा दुर्गेसले गरिमालाई तथानाम मुख छाडेका छन् । 

    भाइरल भएको सानो टुक्रा मात्र हेर्ने हो भने दुर्गेस र गरिमाको पहिले प्रेम रहेको र ब्रेकअप भएपछि एकले अर्काको पोल खोल्न थालेको जो कोहीले बुझ्न सक्छ । यही क्लिप युट्युबमा अन्य च्यानलमा पनि आएकाे छ । यही विषयले रतजपट कार्यक्रमका लागि विषयवस्तु बनेकाे हाे । 

    भएकाे के हाे ?

    टिकटकमा लाइभमा आएर दुर्गेस र गरिमाले खेल खेले । खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई भनेका छन् – ‘तिमीले आफ्नो पूर्व प्रेमीलाई भेट्याैँ । अब, उसँग कसरी कुरा गर्छौ ?’ यही बिषयमा खेल खेल्ने क्रममा दुर्गेसले गरिमालाई मुख छाडेका छन् । जुन क्लिप्स भाइरल बनेकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend