२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बजारबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, बोलकबोल आजै

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ।

बैंकले ३५ दिन अवधिका लागि उक्त रकम निक्षेप संकलन उपकरणमार्फत उठाउने गरी दिउँसो ३ बजेका लागि बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सकिनेछ भने अधिकतम रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष आउने गरी कुल आह्वान गरिएको सीमासम्म प्रस्ताव गर्न पाइनेछ। सावाँ तथा ब्याज भुक्तानी फागुन २५ गते तोकिएको छ। ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ, जहाँ बहु ब्याजदरमा पनि प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।

यो निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले निक्षेप राख्न चाहेको रकम र प्रस्तावित ब्याजदर ९दशमलव पछिका चार अंकसम्म० स्पष्ट उल्लेख गर्नुपर्नेछ।

राष्ट्र बैंकले जनाए अनुसार प्रस्तावहरू मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ र आह्वान गरिएको कुल रकम पुग्दासम्म क्रमशः बाँडफाँट गरिनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ