२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

दोलखाको मालु मतदान केन्द्रमा विवाद : बुथ एजेन्टलाई सुरक्षित स्थानमा राखियो

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सञ्चालनमा आउन सकेको छैन।

मतदानका क्रममा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको थियो। त्यस घटनापछि मतदान प्रक्रिया रोकिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार मतदान पुनः सुरु गर्ने विषयमा छलफल जारी रहेको छ। उनका अनुसार मतदान केन्द्रका बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

‘मतपत्र लुटपाट गर्ने प्रयास भएपछि एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको हो,’ उनले बताए। दलका केही प्रतिनिधिले नै मतपत्र लुट्ने प्रयास गरेपछि अवस्था तनावपूर्ण बनेको उनले जानकारी दिए।

उनका अनुसार एजेन्टहरूलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट