२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मतदानमा उत्साहजनक सहभागिता जनाउन मन्त्री श्रद्धा श्रेष्ठको आग्रह

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहने भएकाले मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन् ।

उनले आज काठमाडौँको भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट मतदान गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सो प्रतिक्रिया दिएकी हुन् । मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिन् ।

“आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ । तपाईँहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु”, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट