विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ। सबैभन्दा बढी मतदान क्षेत्र नं. ५ मा ७१ दशमलव २८ प्रतिशत र सबैभन्दा कम मोरङ–१ मा ६० दशमलव ३६ प्रतिशत भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६४ दशमलव ५६ प्रतिशत मतदान भएको हो। ७ लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा ५ लाख ५ हजार ५१४ जनाले मतदान गरेका छन्। जसमध्ये महिला २ लाख ६२ हजार १९६ र पुरुष २ लाख ४३ हजार ३१६ जना रहेका छन्।
प्रशासन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा ६० दशमलव ३६, २ मा ६२ दशमलव ९७, ३ मा ६१ दशमलव १७, ४ मा ६७ दशमलव १५, ५ मा ७१ दशमलव २८ र ६ मा ६६ दशमलव २३ प्रतिशत मतदान भएको छ।
मतगणनाका लागि अहिले मतपेटिका ओसारिँदै छन्। आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।




प्रतिक्रिया दिनुहोस