झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
कुल १ हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको प्रतिनिधिसभा निर्वाचनको प्रमुख ‘इपिसेन्टर’का रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस