काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।
निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले २,५५१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन्।
काठमाडौं क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ३,२९० मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९ र नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन्।
काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १,४८१ मत ल्याउँदा नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन्।
काठमाडौं क्षेत्र नं. १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपानेले ३,१२९ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले १,६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन्।
काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४ मत प्राप्त गर्दा नेकपा (एमाले)का मणिराम फुँयालले २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत पाएका छन्।
काठमाडौं क्षेत्र नं. ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १,८४६ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले १,५६०, नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ८६५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन्।
त्यस्तै काठमाडौं क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले १,४२४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस