काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्।
काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २र२ क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि देखिएका छन् ।
प्रारम्भिक विवरणअनुसार काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
यसैगरी ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता लिएका छन्। ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदय शमशेर राणा अगाडि रहेका छन्।
भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार अगाडि देखिएका छन्। नेमकिपाको गढ मानिने भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित अग्रस्थानमा छन् भने नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।
त्यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले अग्रता लिँदा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।
प्रतिक्रिया दिनुहोस