२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ग्लोबल आइएमई बैंकद्वारा नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग सुरु

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग सुरु गरेको छ ।

बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको हो ।

बिहीबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष कार्यक्रमबा बीच विभागको औपचारिक शुभारम्भ गरे । नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीले बैंक खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन् ।

बैंकको नक्सालस्थित कार्यालय, इमेल, भाइबर, ह्वाट्सएप र विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत ग्राहकले यी सेवाहरू लिन सक्नेछन्। बैंकले भविष्यमा यो सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ, जसले गर्दा भौगोलिक दूरी र समयको अवरोध बिना नै नेपालीहरूले मातृभूमिसँग बैंकिङ सम्बन्ध जोड्न पाउनेछन् ।

यो विभागले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशबाटै नेपालमा लगानी गर्न चाहनेहरूका लागि सेतुको काम गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ