२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

शनिवार , फाल्गुण ३०, २०८२

मान्म (कालीकोट) । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका–३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ ।

उनको शव आज नरहरिनाथ–२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए ।

“उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ