२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इटहरीमा प्रिमियर वायर्सद्वारा इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न

आइतवार , चैत्र ८, २०८२

इटहरी । इटहरीमा प्रिमियर वायर्स प्रा.लि. द्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १७० भन्दा बढी अनुभवी तथा दक्ष इलेक्ट्रिसियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित र गुणस्तरीय हाउस वायरिङबारे जनचेतना फैलाउनु तथा नवीनतम केबल प्रविधिबारे जानकारी प्रदान गर्नु रहेको थियो।

कार्यक्रममा प्रिमियर वायर्स प्रा.लि. ले आफ्ना उच्च गुणस्तरीय FRLSH केबल तथा नवप्रवर्द्धित ZHFR केबल सार्वजनिक रूपमा परिचय गराएको थियो। हाउस वायरिङका लागि उपयुक्त यी केबलहरू प्रयोग गर्दा सर्ट सर्किट भएमा आगलागी हुने सम्भावना न्यून रहने र विषालु ग्यास उत्सर्जन नहुने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

साथै, सुरक्षित विद्युत् जडान र आधुनिक प्रविधिको प्रयोगले घर तथा उद्योगहरूलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूले प्रिमियर वायर्स प्रा.लि. को उत्पादनको गुणस्तर, सुरक्षा मापदण्ड तथा नवीन प्रविधिको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमले विद्युत् क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियर वायर्स प्रा.लि. ले आगामी दिनहरूमा पनि देशभर यस्ता प्राविधिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै सुरक्षित र भरपर्दो वायरिङ समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ