२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको पहिलाे निर्णय

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलाे निर्णय गरेका छन् ।

शुक्रबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले यस्तो निर्णय गरेका हुन् ।

बालेन्द्र साहको नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी पाएका डा वाग्लेले १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने उनले बताए ।

अर्थतन्त्रमा शिथिलता देखिए पनि केही सकारात्मक अवस्था रहेको उनले बताए । प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट