काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई शनिबार पक्राउ गरिएको हो ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन् ।
सर्वोच्च अदालतका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदनमा सोमबार सुनुवाइका लागि पेसी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस