काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले औपचारिक रूपमा आफ्नो टीम घोषणा गरेको छ।
नयाँ विधानअनुसार उपाध्यक्षसहित १७ सदस्यीय टोली सार्वजनिक गर्दै उक्त समूह चुनावी प्रतिस्पर्धामा होमिएको हो । श्रेष्ठ समूहले वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा डा कमला श्रेष्ठलाई अगाडि सारेको छ।
व्यवसायिक अनुभव, नेतृत्व क्षमता र विविध क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राख्दै टोली निर्माण गरिएको डा सुबोध कुमार गुप्ताले जानकारी दिए ।
श्रेष्ठ समुहको सदस्यहरूमा डा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, डा सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन्। त्यसैगरी महासंघको प्रतिनिधित्व गर्दै सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली पनि टोलीमा समावेश छन्।
उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठका अनुसार टोलीमा कृषि, पर्यटन, निर्यात व्यापार, पूँजी बजार, खाद्यान्न, सूचना प्रविधि, घरजग्गा तथा जलविद्युतजस्ता विविध क्षेत्रका अनुभवी व्यवसायीहरूलाई समेटिएको छ। “सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सन्तुलित र सशक्त टीम बनाएका छौं,” उनले भने।
श्रेष्ठले आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गर्दै व्यवसायिका मुद्दाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो टोलीले महासंघलाई अझ प्रभावकारी, समावेशी र व्यवसायीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छौं।”

प्रतिक्रिया दिनुहोस