२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

शुक्रवार , चैत्र २०, २०८२

बारा । बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटलको व्यवस्थापनमा सञ्चालन हुने भएको छ।

दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ।लेमन ट्रीले नेपालमा यसअघि काठमाडौं र चितवनमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ।

उक्त होटल वैशाख महिनामा उद्घाटन गर्ने योजना रहेको छ। सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा र प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल समेत सहभागी थिए।

यो सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा तथा व्यवस्थापनको स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ