२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैदेशिक रोजगारीमा पठाउने भन्दै ७३ लाख बढी ठगी गर्ने चार जना पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट रु ७३ लाखभन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै एक जनासँग रु चार लाख ५० हजार, पौडेलले दुई जनासँग रु चार लाख २० हजार र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँग रु आठ लाख रकम लिई बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ