२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कोशी प्रदेशमा सहकारी बचतकर्ताहरुको रकम फिर्ता सुरु

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका २० हजार रुपैयाँसम्म बचत गर्ने बचतकर्ताहरुको रकम फिर्ता सुरु भएको छ ।

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब १५ महिना गरेको छानबिनपछि २० हजार रुपैयाँसम्म रकम बचत गरेका २ सय ८७ जना बचतकर्ताहरुलाई करिब २८ लाख ५७ हजार रुपैयाँ फिर्ता दिन लागिएको हो ।

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य सचिव पदम बहादुर ठकुराठीले अम्बे कोशी बचत तथा सहकारी संस्थाले करिब २४ करोड ८८ लाख रुपैया बचत फिर्ता गर्नुपर्ने देखिएको जानकारी दिए । संस्थाको खातामा १ करोड ३८ लाख ४४ हजार रुपैया बैंकमा रहेको पाइएको र सोही रकमबाट बचत फिर्ता गर्न लागिएको उनले बताए ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरीले सहकारीका संचालकहरुको जग्गा र सम्पत्ति रोक्का गरिएको र चाडंै नै एक लाखसम्म रकम जम्मा गर्ने बचतकर्ताहरुको रकम फिर्ता दिने तयारी रहेको बताए ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १ हजार १ सय ७३ जना बचतकर्ताहरुले रकम दाबी गरेका थिए । अहिलेसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कोशी प्रदेशका थप दुई वटा सहकारीहरुले समस्याग्रस्त सहकारी घोषणाका लागि आग्रह गरेकोमा दाबी नपुगेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट