२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जगद्गुरु शंकराचार्य विधुशेखर भारतीद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन र पूजा-अर्चना

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य विधुशेखर भारती महास्वामीजीले चन्द्रागिरिस्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको भालेश्वर महादेव मन्दिरमा विशेष दर्शन तथा पूजा–अर्चना गरेका छन् । आफ्नो “धार्मिक विजय यात्रा नेपाल–२०२६” अभियान अन्तर्गत उनी सोमबार चन्द्रागिरि पुगेका हुन् ।

चन्द्रागिरि हिल्स आइपुगेका जगद्गुरु शंकराचार्यसहितको उच्च स्तरीय भ्रमण टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए ।

भालेश्वर महादेवको विशेष पूजाआजा पश्चात जगद्गुरु शंकराचार्यले चन्द्रागिरिलाई धार्मिक तथा पर्यटकीय दृष्टिले एक उत्कृष्ट र अनुपम गन्तव्यको रूपमा प्रशंसा गरे । उनले भालेश्वर महादेव मन्दिर परिसरमा पुग्दा आफूलाई अलौकिक आध्यात्मिक अनुभूति भएको प्रतिक्रिया समेत दिए।

चन्द्रागिरिको प्राकृतिक सौन्दर्य, हरियाली, शान्त वातावरण र यहाँको सांस्कृतिक महत्त्वले विश्वभरका सनातन धर्मावलम्बी र पर्यटकलाई सहजै आकर्षित गर्ने उनको भनाइ थियो । जगद्गुरु शंकराचार्यसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्यको दृश्यावलोकन गर्दै केबलकार यात्रालाई एक स्मरणीय र सुखद अनुभवको रूपमा वर्णन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ