logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • बेनीमा आगलागी : दुई पसलमा क्षति

    बेनीमा आगलागी : दुई पसलमा क्षति

    4.9K
    Shares

    फाइल तस्बिर

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।  बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति  भएको छैन ।
      
    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

    आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend