logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • थपिए १ हजार ९५ जना काेराेना संक्रमित, ८ जनाको मृत्यु

    थपिए १ हजार ९५ जना काेराेना संक्रमित, ८ जनाको मृत्यु

    2.9K
    Shares

    काठमाडाैं । सोमबार देशभर १ हजार ९५ जना काेराेना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे  हो । 

    यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएको मन्त्रालयकाे तथ्यांक छ ।

    यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । 

    sankramit 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend