logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रचण्ड र रेनुुलाई गाली गरेर किन क्रान्तिकारी बन्दैछन् जितनारायण ?

    प्रचण्ड र रेनुुलाई गाली गरेर किन क्रान्तिकारी बन्दैछन् जितनारायण ?

    6.4K
    Shares

    चितवन। पछिल्लो समयमा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिका प्रमुख रेनुु दाहालविरुद्धमा खनिएका छन् । उनले चितवनका विभिन्न कार्यक्रममा प्रचण्ड र रेनुुविरुद्ध दिएका उत्तेजक अभिव्यक्ति  सामाजिक सञ्जालमा निकै आलोचित बनेका छन्  ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिको नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई दिने कार्यक्रममा सभापति श्रेष्ठले प्रचण्ड र रेनुुुलाई चितवनबाट लखेट्ने धम्की दिए । यसअघि पनि उनले भरतपुरको चौबिसकोठीमा नै भएको कार्यक्रममा महानगर प्रमुख दाहाललाई ‘महारानी’को संज्ञा दिएर भरतपुरबाट लखेट्ने चेतावनी दिएका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर दसैंको बेलामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पनि सभापति श्रेष्ठले प्रचण्ड र रेनुमाथि अराजनीतिक हमला गरे । पछिल्लो समय प्रचण्ड र रेनुुुलाई अराजनीतिक र ब्याक्तिगत गाली गरेर चर्चा बटुल्ने दाउमा जितनारायण देखिन्छन् । 

    प्रचण्ड र रेनुुुमाथि किन आक्रामक ?
    चितवन कांग्रेस सभापति कार्यकालको अन्तिम क्षणमा छन्, जितनारायण । पार्टीको अधिवेशन तोकिएको मितिमा भएको भए उनी पार्टी जिल्ला सभापतिबाट बिदा भइसकेका हुन्थे । जिल्लामा वडा अधिवेशन र पालिका अधिवेशन भइसकेको छ । ती अधिवेशनका नतिजा जितनारायण गुटका लागि त्यति सुखद् छैनन् । पार्टीमा रामचन्द्र गुटमा देखिए पनि खासमा उनी प्रकाशमान सिंह निकट हुन् ।

    jiit narayaan shrestha.jpg

    कांग्रेसको आगामी महाधिवेशनमा श्रेष्ठ आदिवासी कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । जिल्लामै राम्रो अवस्थामा नरहेका श्रेष्ठलाई केन्द्रीय सदस्य जित्न अहिले प्रचण्ड र रेनुुुविरुद्ध जाइलाग्ने र त्यसकै आधारमा चर्चा कमाउन ध्यानमा उनी रहेको कांग्रेस चितवनकै कतिपय नेता बताउँछन् । कांग्रेसका एक जिल्ला नेताले भने, ‘अहिले त सामाजिक सञ्जालले गर्दा सबैतिर चर्चामा आउन सजिलो छ, प्रचण्ड र रेनुुुविरुद्ध अराजनीतिक भाषण र व्यक्तिगत गालीगलौज गरेर आफू क्रान्तिकारी बनेर महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा राख्ने दाउ उनीमा देखिन्छ  ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको गठबन्धन सरकारमा माओबादी केन्द्र पनि सहभागी छ । जिल्लाका एक कांग्रेस नेताले भने, ‘अरुलाई गाली गरेर राजनीति टिकाउने काम गलत हो, त्यसमा पनि  प्रचण्ड र रेनुुुलाई गाली गर्न दिनेश कोइरालाले सुहाउँछ, जित नारायणले सुहाउँदैन । किनकी अहिले जुन विषयमा गाली गरेका छन् । त्यसको साक्षी उनी स्वयम् हुन् ।’

    भरतपुर महानगरपालिकामा कांग्रेसले नै जिताएकी रेनुुु दाहाललाई अप्ठ्यारो पार्न सक्ने ल्याकत कांग्रेससँग थियो । तर, श्रेष्ठ अहिलेसम्म उनका अगाडि उभिएर कामको विरोध गर्न सक्दैनन् किनकि कामको बिरोध गर्ने उनीसँग खास एजेन्डा छैनन् । उल्टै अहिलेसम्म उनी महानगरका हरेक काम र गतिविधिका सहयोगी बनिराखेका छन् । कोरोना अस्पताल काण्ड, नारायणीमा फोहर फाल्ने काम, अटोवालाका खुट्टामा गोली हान्ने जस्ता काममा  जितनारायण चुपचाप रहे । 

    मतपत्र च्याँतिदा कहाँ थिए जितनारायण ?
    २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरे । वैशाख २१ गते जिल्ला सभापति श्रेष्ठले विज्ञप्ति निकालेर कसैसँग पनि गठबन्धन नभएको जानकारी गराए । उनको विज्ञप्तिले कार्यकर्तालाई विश्वस्त बनाउने प्रयास गरेको गरे  । 

    bigyaptiii.jpg
    तर पछि अन्तिम घडीमा आएर कांग्रेस सभापति देउवाले रेनुुु दाहाललाई सर्मथन गर्न र दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिन फरमान जारी गरे । टिकट लिएर हेलिकोप्टरमार्फत चितवन आएर कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका कोइरालालाई अन्तिममा ‘बलिको बोको’ बनाइयो । त्यसको साक्षी श्रेष्ठ स्वयम् बने । त्यसपछि उनले गठबन्धनलाई समर्थन गर्न विज्ञप्तिमार्फत् आह्वान गरे ।

    केन्द्रको निर्देशन अनुसार जिल्लामा गठबन्धनलाई सहयोग गर्न जितनारायणले समेत अपिल गरेपछि  सभापति देउवाविरुद्ध कांग्रेस चितवनको पार्टी कार्यालयमा पुत्ला जल्यो । कार्यकर्ताले यसरी विरोध गर्दा श्रेष्ठ कहाँ थिए ? आज केन्द्रको निर्देशन मानिदैन भनेर भाषण ठोक्ने र ताली खाने जितनारायण त्यतिबेला किन बोल्न सकेनन् । केन्द्रले गठबन्धन गर्दा त्यत्तिबेला जितनारायणले कार्यकर्ताको भावना बुझ्न  किन सकेनन् ? आज किन क्रान्तिकारी बनिरहेका छन् ? यो प्रश्न स्वंय कांग्रेस चितवन कार्यकर्ताको छ । 

    स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा २०७४ जेठ १४ गते राति मतपत्र च्यातियो । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा अपेक्षित मत नआएको र हार्ने करिब निश्चित भएपछि कांग्रेस र माओवादीको योजनामा नै मतपत्र च्याँतिएको बुझाई जनतामा छ । यो घटनाको पुर्व जानकार र योजनाकार जितनारायण पनि थिए । त्यसरी गठबन्धनलाई नै चुनाव जिताउन  सहयोगी बनेका जितनारायणको लोकतन्त्र त्यतिबेला  कता गायब थियो ? अहिले उनले रेनुमाथि प्रश्न गर्दा आफूले गरेका ति काम बिर्सनु कति जायज होला ?

     

    chitwan.jpg

    जितनारायण जो आफैँ हारे पार्टीलाई पनि हराए  !
    कांग्रेस चितवनका सभापति समेत रहेका जितनारायण श्रेष्ठ जनतामाझ लोकप्रिय नेता होइनन् । उनको चुनावी इतिहासले त्यसलाई प्रष्ट पार्छ । जिल्लामा तुलनात्मक रुपमा बलियो मानिएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा नमिठो हार खायो । त्यसपछि २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट कांग्रेस क्लिन स्वीप भयो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) मा जितनारायण श्रेष्ठ स्वयम् उम्मेदवार थिए । उनी माओवादी नेता घनश्याम दाहालसँग पराजित भए । उनी मात्र पराजित भएनन् स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा  चितवनबाट कांग्रेसलाई पनि पराजित गराए ।  

    जिल्ला पार्टी नेतृत्वको हिसाबले जिल्लामा राम्रो अवस्थामा रहेको कांग्रेस क्लिन स्वीप हुँदा त्यसको जिम्मेवारी पार्टी सभापति रहेका उनले  लिनु प्रदैन ? जिम्मेवारी  लिनुको साटो श्रेष्ठ अहिलेसम्म प्रचण्ड र रेनुुलाई गाली गरेर हिँडेका छन् । बिकासका हिसावले गठबन्धनबाट जितेका मेयर उपमेयरको भरतपुर महानगरका जनतामा राम्रो छाप परेको छ। त्यसको जस लिनुको साटो उल्टै गाली गलैजमा उत्रिनु चितवन कांग्रेसकै लागी प्रतिउत्पादक बन्ने निश्चित छ।  

    राजनीतिमा एउटालाई बोकेर अर्कोलाई सिध्याउँछु भन्ने नीति आफैमा घातक छ भन्ने कुरा जितनारायणले बेला घर्किएपछि बुझेका हुन की बुझ्न बाँकी नै छ  त्यो  भने समय देखाउला  ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend