logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • अत्यधिक मत सहित महाधिवेशन प्रतिनिधिमा छानिए कांग्रेसका युवा नेता खतिवडा

    अत्यधिक मत सहित महाधिवेशन प्रतिनिधिमा छानिए कांग्रेसका युवा नेता खतिवडा

    5.8K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    खतिवडाले ९४१ मत पाएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि खतिवडाले भने –पार्टीका शुभेच्छुक, नेता कार्यकर्ता र प्रतिनिधिहरूले मलाई सम्झिएर मतदान गर्नूभएको छ, म एकदम खुसी छु । 

    महाधिवेशन प्रतिनिधिमा खतिवडाका साथै रुद्र अधिकारी ७७४, अशोककुमार कार्की ७४२, प्रदीपकुमार सुनुवार ७३९, कुमार लुइँटेल ७३७, खिलानाथ दाहाल ७१५, लिलाबल्लभ दाहाल ६५१, बेदबहादुर रोक्का ६१९, दानबहादुर बानियाँ ५८० र प्रकाश दाहालले ५४९ मतसहित निर्वाचित भएका छन् ।

    खुलामा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमा कुमार लुइँटेल र लिलाबल्लभ दाहाल बाहेक सबै देउवा समूहका हुन् ।

    ओलखढुंगामा वडा, पालिका, प्रदेश र जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एकलौटी देउवा समूहले कब्जा जमाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend