logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला चयन, पदाधिकारीमा को-को ?

    एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला चयन, पदाधिकारीमा को-को ?

    2.9K
    Shares

    काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षतामा लेखनाथ कोइराला सर्वसम्मत भएका छन् । सोमबार सम्पन्न दुई दिने ११ औँ राष्ट्रिय अधिवेशनबाट कोइरालालाई अध्यक्ष चयन गरिएको हो ।

    उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साहलाई चयन गरेको छ ।

    यस्तै महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदीलाई ल्याइएको छ । सचिवहरूमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

    मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend