logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत 

    3.3K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । 

    सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै, एक मत भने तटस्थ देखिएको छ । 

    मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका छन् । प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ४३ जनाले मतदान गरेका हुन् । 

    प्रमुख विपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार बहिस्कार गरेको थियो । त्यही कारण विपक्षमा शून्य मत परेकाे हाे ।

    माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री बनेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend