logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती 

    एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती 

    3.7K
    Shares

    काठमाडौं।  नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले एमालेको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन्। 

    शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन्। 

    विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरेका छन्। 

    उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न गरेका छन्।। एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै एमालेले धारणा सार्वजनिक गर्ने स्पष्ट पारेका छन्। 

    ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो। किनभने दुई देशबीचको सम्झौताहरु भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त्यो  कहिल्यै पनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैन’, उनले भने, ‘सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो। अघिल्लो सरकारले गरेको भए पनि यसलाई अगाडि बढाआँै भन्दा आगो बाल्नु भो उहाँहरुले। सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली ? आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ।’

    नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए।। यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ। नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend