logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफ्नो स्टारडमको रक्षामा आर्यन सिग्देल

    आफ्नो स्टारडमको रक्षामा आर्यन सिग्देल

    4.3K
    Shares

    काठमाडौँ । आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो । जसमार्फत उनले सफलता पनि हासिल गरे । त्यसपछी उनले अधिकांस फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे । 

    डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा । किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ । यसलाई उनी पनि स्वीकार्छन् ।

    ‘म अरुको कुरा कमै सुन्छु , साथीभाइलाई बढी विश्वास गर्छु’ एक अन्तर्वार्ताको क्रममा आर्यनले भने ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ 

    उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिए । आर्यनले अघिल्ला केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन् । 

    ‘केही फिल्ममा मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न खोजेँ, जसलाई स्याबासी त मिल्यो, तर दर्शकले रुचाएनन् । त्यसैले उनीहरूकै डिमाण्डअनुसार आफूलाई प्रस्तुत गर्ने सोच बनाएँ’,  आर्यनले बताए । 

    उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ले ठीकठाक व्यापार गर्‍यो । त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए । तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । 

    ‘फिल्ममा क्यारेक्टरभन्दा पनि समग्र सब्जेक्ट नै राम्रो थियो’,  आर्यन भन्छन्, ‘हामीले लेखेको र सोचेको धेरै कुरा पर्दामा आइपुग्दा फरक भइदिन्छ त्यसैले हाम्रो निर्णय कुनै बेला गलत सावित हुन्छ ।’

    यिनै आर्यन पछिल्लो समय डिसेम्बर फल्स, म राजेश हमाल लगायतका फिल्ममा व्यस्त छन् । उनी आफुलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन् । उनी अब संख्या घटाउने र क्वालिटी बढाउने तयारीमा छन् । यद्यपि दर्शक उनलाई चकलेटी अवतारमै हेर्न चाहन्छन् । उनले अभिनय गरेको पछिल्लो फिल्महरूमा ’कायरा’ले गरेको व्यापारलाई हेर्ने हो भने पनि त्यो प्रस्टिन्छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend