logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • युगान्डासँगको पहिलो टी–२० मा नेपाल १२ रनले पराजित

    युगान्डासँगको पहिलो टी–२० मा नेपाल १२ रनले पराजित

    5.7K
    Shares

    काठमाडौं । युगान्डासँगको पहिलो अन्तर्राष्ट्रिय महिला टी–२० प्रतियोगितामा नेपाल १२ रनले पराजित भएको छ । पाँच खेलको श्रृङ्खलामा सोमबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९० रनमै समेटिएको हो।

    इन्दु बर्माले १६, डल्ली भट्टले १३, विन्दु रावलले १२ र कविता कुँवरले ११ रन बनाइन्। नेपालका अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    युगान्डाका लागि कोनी अवेको र साराह अकिटेङले दुई(दुई तथा जनेत एमबाजी र रिता मुसामलीले एक–एक विकेट लिए।
    यसअघि पहिलो ब्याटिङ गरेको युगान्डाले पाँच विकेटको क्षतिमा १०२ रन बनाएको थियो।

    नेपालका लागि कविता कुँवरले दुई, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक(एक विकेट लिएका थिए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend